मिर्मिरे माइक्रोफाइनान्सले गर्यो लाभांश परिमार्जन

काठमाडौं । मिर्मिरे माइक्रोफाइनान्सले लाभांश संसोधन गरेको छ । माइक्रोफाइनान्सको मंसिर १९ गते मंगलबार सम्पन्न १२१ औ सञ्चालक समिति बैठकले यसअघि प्रस्ताव गरेको बोनस सेयरलाई यथावत राखी बोनसमा लाग्ने कर सेयरधनीहरुबाटै माग गर्ने निर्णय गरेको हो ।

माइक्रोफाइनान्सले यसअघि गत आर्थिक बर्षको नाफाबाट वितरण गर्न ३०.८० प्रतिशत बोनस तथा कर प्रयोजनका लागि १.६२ प्रतिशत नगद लाभांश प्रस्ताव गरेर राष्ट्र बैंकमा स्वीकृतिका लागि पेश गरेको थियो ।

राष्ट्र बैंकले ग्राहक संरक्षण कोषमा प्रयाप्त रकम विनियोजन गर्न निर्देशन दिएपछि नगद लाभांश वापतको रकम सेयरधनीलाई नै तिर्न लागाउने निर्णय सञ्चालक समिति बैठकले गरेको हो ।

यससँगै लघुवित्त कम्पनीले हाल कायम रहेको चुक्ता पूँजी चार करोड ५० लाख रुपैयाँको ३०.८० प्रतिशत बराबरको एक करोड ३८ लाख ६० हजार रुपैयाँको बोनस सेयर मात्र वितरण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्