काठमाडौं, १७ भाद्र । सिभिल बैंक लिमिटेडका अधिकांश निक्षेप सुविधाहरुमा उपलब्ध गराउँदै आएको निःशुल्क दूर्घटना/मृत्यु बीमा कार्यक्रम अन्तर्गत बुटवल निवासी निक्षेपकर्ता वंसराज थारुको दूर्घटनामा परी मृत्यु पश्चात बीमाको रकम मृतकका श्रीमती शान्ती देवी थारुको नाममा बैंकले उपलब्ध गराएको छ ।
नारायणघाटमा आयोजित एक कार्यक्रमकाबीच बैंकका चिफ बिजिनेस अफिसर सुजितकुमार शाक्यले रु १,७४,२४०/– को चेक मृतकका छोरी निर्मला थारुलाई हस्तान्तरण गरेका हुन ।
निक्षेपकर्ताहरुले सिभिल बैंकमा निक्षेप जम्मागर्दा ब्याजको अतिरिक्त प्राप्त हुने निःशुल्क दूर्घटना/मृत्यु बीमाबापत प्राप्त हुने बीमाको रकमले मृतकको आश्रित परिवारलाई थोरै भएपनि राहत पु¥याउने कुरा बैंकका चिफ बिजिनेस अफिसर शाक्यले बताए ।
बैंकले यस अघि पनि २०७२ को महाभूकम्प लगायत अन्य दूर्घटनाहरुमा परी ज्यान गुमाएकाहरु तथा अपाङ्गता भएकाहरुको निक्षेप रकमको ४ गुणा वा अधिकतम रु.पाँच लाखसम्म(जुन न्यूनछ) को बीमाको रकम उपलब्ध गराएको कुरा पनि बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्