साफको उपाधि जित्न सके प्रत्येक खेलाडीले ५/५ लाख पाउने एन्फाको घोषणा

काठमाडौ, भाद्र–१७ । आउदो मंगलबारदेखि बंगलादेशको ढाकामा सुरू हुने साफ च्याम्पियनसिपका लागि नेपाली टोली आज बंगलादेश जादैछन् । यसै सन्दर्भमा एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार साफ खेल्न जाने खेलाडीको विदाइ कार्यक्रममा अखिल नेपाल फुटबल संघ एन्फाले साफ जित्ने प्रत्येक खेलाडीलाई जनही ५/५ लाख दिने घोषणा गरेको छ ।

खेलाडीको प्रोत्साहनका लागि पुरस्कार रकम घोषणा गरेको एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले जानकारी दिए । खेलकुदमन्त्री जगत विश्वकर्मा र राखेप सदस्य सचिव केशवकुमार विष्टले बंगलादेश जाने खेलाडीलाई संयुक्त रूपमा एक कार्यक्रमबीच बिदाई गरे । अहिलेसम्म सेमिफाइनलभन्दा माथि जान नसकेको नेपालले यसपटक भने साफमा उपाधि चुम्ने लक्ष्य लिएर ढाका प्रस्थान गर्दैछ ।

नेपालले प्रतियोगिताको उद्घाटन खेलमा पाकिस्तानसँग १९ भदौमा बंगबन्धु स्टेडियममा खेल्नेछ । त्यसपछि भदौ २१ मा भुटान तथा भदौ २३ मा आयोजक बंगलादेशसंग सामना गर्नेछ ।

नेपाली राष्ट्रिय टिम:
गोलकिपरमा: किरण चेम्जोङ, विकेश कुथु, एलेन न्यौपाने
रक्षकमाः विराज महर्जन (कप्तान), दीनेश राजवंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, आदित्य चौधरी, अनन्त तामाङ, रोहित चन्द
मिडफिल्डमा: सुनिल बल, हेमन्त थापामगर, हेमन गु?ङ, निराजन खड्का, विशाल रार्ई, सुजल श्रेष्ठ
फरवार्डमा: भरत खवास, नवयुग श्रेष्ठ, विमल घर्तीमगर, अन्जन विष्ट

प्रतिक्रिया दिनुहोस्