आरएसडीसीको २ लाख ९१ हजार कित्ता सेयर सोमबारदेखि लिलामीमा आउँदै

जागरण न्युज
काठमाडौं, भाद्र १७ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाले सोमबार (भदौ १८ गते) सेयर लिलामी बिक्री खुला गर्दैछ । लघुवित्तले २ लाख ९१ हजार ४९० कित्ता शेयर लिलामी प्रक्रियाबाट बिक्री खुला गर्न लागेको हो । संंस्थापक समूह तर्फको २ लाख ६ हजार २२७ कित्ता र सर्वसाधारण समूह तर्फको ८५ हजार २६३ कित्ता सेयर लिलामी ल्याउन लागेको हो । लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ ।
लिलामीमा आवेदन दिने अन्तिम म्याद भाद्र २५ गते तोकिएको छ । लघुवित्तले गत असार १७ गतेदेखि साउन २० गतेसम्म २१ लाख ५९ हजार ७०० कित्ता हकप्रद सेयर खुला गरेको थियो । जसमा १८ लाख ६८ हजार २१० कित्ताका लागि मात्र आवेदन परेपछि बाँकी रहेको २ लाख ९१ हजार ४९० कित्ता सेयर अहिले लिलामी गर्न लागेको हो ।
आवेदन बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल, काठमाडौं तथा यसका ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगर शाखाबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । साथै, नेपाल इन्भेष्टमेन्ट बैंकको सुर्खेत, नेपालगञ्ज, नारायणगढ र धनगढी शाखा तथा आरएसडिसीको बुटवल कार्यलयबाट पनि आवेदन दिन सकिनेछ ।
हाल लघुवित्तको चुक्ता पुँजी ३५ करोड ९९ लाख ५० हजार रुपैयाँ रहेको छ । हकप्रद र बाँकी रहेको सेयर लिलामीमा बिक्री भएपछि चुक्ता पुँजी ५७ करोड ५९ लाख २० हजार रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्