उत्कृष्ट बलिङसँगै सिंगापुरमाथि नेपालको सान्दार जित, छनोटको संभावना जिवितै

काठमाडौ, भदौ–१७ । एसिसि एसिया कप छनोटमा नेपालले सिंगापुरलाई ४ विकेटले हराउँदै दोस्रो जित हात पारेको छ ।
मलेसियाको युकेएम ओभल मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको सिंगापुरले ४२ ओभरमा एक सय ५१ रनमा अलआउट भएको थियो । जसमा १५२ रनको सामान्य लक्ष्य पाएको नेपालले २८.१ ओभरमा ६ विकेटको क्षेतिमा पुरा गर्यो ।
नेपालले बलियो सुरुवात गर्दै पहिलो विकेटका लागि ५६ रनको साझेदारी गरेको थियो । त्यसपछि ७३ रन हुँदा सम्ममा नेपालले तीन विकेट गुमायो । जसमा अनिलकुमार शाह ४३ रनमा आउट हुँदा सुवास खकुरेल १४ र कप्तान पारस खड्का ११ रनमा आउट भए ।

चौथो विकेटका लागि ज्ञानेन्द्र मल्ल र दिपेन्द्रसिंह ऐरीले ४७ रनको साझेदारी गरे । तर, ज्ञानेन्द्र २९ रनमा आउट भएपछि नेपाललले १ सय १९ रनमा ४ विकेट गुमायो । नेपालले १ सय ४८ रन बनाउँदा ६ विकेट गएको थियो । सागर पुनले १४ रन बनाउदा दिपेन्द्र ऐरीले ३३ रन जोड्न भ्याए । अन्तिममा आरिफ शेख ४ रनमा अभिजित रहे ।

सुरुवात राम्रो गर्न नसकेको सिंगापुरले १८ रन बनाउँदा तीन विकेट गुमाएको थियो । सिंगापुरका तीन खेलाडीले मात्र दोहोरो अंक छुन सके भने सुरुवाती तीन खेलाडीले दोहोरो अंक छुन सकेनन् । चौथो विकेटका लागि चेतन रामचन्द्र र अनिश इडवार्डले ८० रनको साझेदारी गर्दै टिमलाई सम्हाल्ने प्रयास गरेका थिए। तर, उनको जोडीलाई दिपेन्द्र ऐरीले पारसको बलमा रन आउट गरेर तोडे ।

अनिशलाई दिपेन्द्रले ३१ रनमा रनआउट गरेपछि सिंगापुर ९८ रनमा चार विकेट गुमायो। तर, सिंगापुरको विकेट झर्ने क्रम यतिमा रोकिएन । १ सय १८ रन बनाउँदा सिंगापुरले महत्वपूर्ण ६ विकेट गुमाएको थियो ।
सिंगापुरका कप्तान चेतन ६० रन बनाएर आउट भएपछि सिंगापुरको पारी पुरै खस्कियो । बलिङतर्फ नेपालका सन्दिप लामिछाने र ललित राजवंशी र तीन/तीन र सोमपाल कामीले भने दुई विकेट लिए ।
नेपालको यो सान्दार जितसँगै ४ खेलबाट ४ अंक जोडेको छ । समान खेलबाट ६/६ अंक जोडेका युएई र ओमान शीर्ष २ स्थानमा छन् भने हङकङ ४ अंक सहित तेस्रो स्थानमा छ । अब नेपाललाई फाइनलको लागि भने हङकङलाई फराकिलो अन्तरमा हराउनुपर्नेछ त्यस्तै युएई र ओमानमध्ये कुनै एकले फराकिलो अन्तरमा हराउनुपर्नेछ ।

 

प्रतिक्रिया दिनुहोस्