निर्वाचन हुने ४५ जिल्लामा बिहीबार सवारी साधन नचल्ने, सार्वजनिक बिदा

काठमाडौं । निर्वाचन हुने ४५ जिल्लामा बिहीबार सवारी साधन  चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । बिहीबार चुनाव हुने ४५ जिल्लामा पास लिएका गाडी र अत्यावश्यक गाडी मात्र चल्न पाउनेछन् । अरु गाडी भने आज मध्यराति १२ बजेदेखि भोलि बेलुकी ७ बजेसम्म चलाउन नपाइने गृह मन्त्रालयले जनाएको छ । मन्त्रालयले सार्वजनिक सूचना निकालेर नै बिहीबार गाडी नचल्ने हुँदा बुधबार राति १२ बजे अगावै गन्तव्यमा पुग्ने गरी यात्रा थाल्न आग्रह पनि गरेको छ । सरकारले बिहीबार चुनाव हुने ४५ जिल्लामा सार्वजनिक बिदा पनि दिएको छ ।

प्रतिक्रिया दिनुहोस्