प्रभु इन्स्योरेन्स लिमिटेडको अवितरित हकप्रद सेयर आजदेखि लिलामीमा

जागरण न्युज
काठमाडौं, १७ भदौ । प्रभु इन्स्योरेन्स लिमिटेडले आइतवार (भाद्र १६ गते) देखि हकप्रद शेयर लिलामीमा लेराएको छ ।
कम्पनीले संस्थापक तर्फको १५ हजार ८ सय ६१.७६ कित्ता र सर्वसाधारण तर्फको १ लाख २१ हजार १ सय ५४.८७ कित्ता गरी कुल १ लाख ३७ हजार १६ दशमलव ६४ कित्ता हकप्रद शेयर लिलामीमा विक्री खुला गरेको हो ।
यस अघि कम्पनीले असार ८ देखि साउन १० गतेसम्म हकप्रद शेयर विक्री खुला गरी आवेदन माग गरेकोमा उक्त शेयर वितरण हुन सकेको थिएन । कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
आवेदकले बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ताको लागि र अधिकतममा सम्पूर्ण कित्ताको लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्