स्वरोजगार लघुवित्तको १०० प्रतिशत हकप्रद भर्ने आज अतिम दिन

जागरण न्युज
काठमाडौं, भाद्र, १६ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद भर्नेे आज (भदौ १७ गते) अन्तिम दिन रहेको छ । लघुवित्तले साउन १३ गतेदेखि १ः१ को अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो । हकप्रदमा असार २७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।
हकप्रद बिक्री प्रबन्धक एनएमबि क्यापिटल नागपोखरी काठमाडौं तथा एनएमबि बैंकको उपत्यका भित्रका तिनकुने, टेकु, बसुन्धरा, कलंकी, लुभु, ठैब र सूर्यविनायक शाखा तथा उपत्यका बाहिरका अधिकांश शाखा कार्यालयबाट र स्वरोजगार लघुवित्त बनेपा, कामना सेवा विकास बैंक ज्ञानेश्वर, सेन्ट्रल फाइनान्स कुपण्डोल र चाबहिल, गुडविल फाइनान्स हात्तिसार, इन्द्रचोक र कुमारीपाटीबाट पनि आवेदन दिन सकिन्छ । साथै आस्वाबाट पनि हकप्रद भर्न पाउने व्यवस्था छ ।
हाल कम्पनीको चुक्ता पुँजी १२ करोड २४ लाख ९७ हजार ७६० रुपैयाँ रहेको छ । हकप्रदपछि चुक्ता पुँजी २४ करोड ४९ लाख ९४ हजार ५२० रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्