सिंगापुरले नेपाललाई दियो १५२ रनको लक्ष्य,ललित र सन्दीपले लिए ३–३ विकेट

काठमाडौं ।  मलेसियामा जारी एसिया कप क्रिकेटको छनौट प्रतिस्पर्धा अन्तर्गत सिंगापुरसँगको खेलमा नेपालले १५२ रनको लक्ष्य पाएको छ । युकेएम ओभलमा टस जितेर ब्याटिङ्ग गरेको सिंगापुरले ४२ ओभरमा सबै विकेट गुमाएर १५१ रन बनायो ।

नेपालका ललित नारायण राजवंशी र सन्दीप लामिछानेले तीन–तीन विकेट लिए । यस्तै सोमपाल कामीले दुई विकेट लिएका छन् । यस्तै बसन्त रेग्मीले एक विकेट लिए ।

सिंगापुरका लागि चेतन रामचन्द्रा सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । यस्तै अनिश एडवार्ड पारामले ३१ रन बनाए । सुरुका दुई खेलमा हारेको नेपालले तेस्रो खेलमा मलेसियालाई हराएर एसिया कप खेल्ने आश जीवित राखेको छ ।

शनिबार भएको खेलमा मलेसियामाथि १९ रनको जित निकालेको नेपालले सिंगापुरसँगको खेलमा पनि राम्रो सुरुवात गरेको छ ।

प्रतिक्रिया दिनुहोस्