मतदाता मतदानका लागि प्रतिक्षामा, आज पनि परिचयपत्र वितरण

काठमाडौं । निर्वाचन आउन अब एकदिन मात्र बाकि रहेको छ । मदतादाहरुभोट हाल्नमा आतुर समेत भएका छन ।भोलि बिहिबार हुने दोस्रो चरणको प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि मतदान गर्न मतदाता ब्यग्र प्रतिक्षामा रहेका छन् । हिजोबाट सुरु भएको मतदाता परिचय पत्र वितरण आज पनि जारी रहने भएको छ । ४५ जिल्लाका सबै मतदान केन्द्रबाट परिचयपत्र वितरणको व्यवस्था मिलाइएको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए ।आयोगका अनुसार आजपनि मतदाता परिचय पत्र वितरणको कार्यक्रम रहेको छ । आफ्नो परिचयपत्र लिन आफूले भोट हाल्ने मतदान केन्द्रमा जानुपर्नेछ । आयोगका कर्मचारीहरुले परिचय पत्र वितरणसँगै मतदाता शिक्षा पनि दिनेछन् । एउटै परिवारका सदस्यहरु लिन जान सम्भव नभए परिचय खुल्ने अन्य कुनै कागजात देखाएर आफ्नो घरका सदस्यको परिचय पत्र देखाएर ल्याउन सकिने आयोगले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्