इङलिश प्रिमियर लीग: लिभरपुल र चेल्सीको लगातार चौथो जित

काठमाडौं । इङलिश प्रिमियर लीगमा लिभरपुल र चेल्सीले लगातार चौथो जित हात पारेका छन् ।

हिजो भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई २-१ ले हरायो ।

लिभरपुलका लागि साडियो माने र रोवर्टो फिर्मिनोले एक एक गोल गरे । लेस्टर सिटीका लागि राचिड गेजलले एक गोल गरे ।

यस्तै लण्डन क्लब चेल्सीले बर्नमाउथलाई २-० ले हरायो । चेल्सीका लागि पेड्रो र एडेन हाजार्डले एक एक गोल गरे ।

लगातार चार जितपछि गोलअन्तरमा लिभरपुल अगाडी रहँदै शीर्ष स्थानमा छ भने चेल्सी दोस्रो स्थानमा छ ।

यस्तै साउथह्याम्पटनले क्रिस्टल प्यालेसलाई २–० ले तथा वल्भरह्याम्पटनले वेष्टहमलाई १–० ले हरायो ।

प्रतिक्रिया दिनुहोस्