निर्वाचनका दिन सबै प्रदेशमा बदली हुने संभावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले दोस्रो चरणको प्रतिनिधी तथा प्रदेशसभा निर्वाचनको दिन सबै प्रदेशमा आंशिक बदली हुने जनाएको छ ।

पूर्वानुमान महाशाखाले तराई तथा पहाडी क्षेत्रका केही स्थानमा हल्का बर्षा हुने अनुमान गरेको छ। अरब सागरमा विकास भएको धेरै शक्तिसाली सामुन्द्रिक चक्रवातका कारण सामान्यदेखि आंशिक बद्ली, हल्का बर्षा र तापक्रम घटने संभावना रहेको महाशाखाकी मौसमवीद शान्ति कँडेलले जानकारी दिइन।

महाशाखाले दक्षिण छिमेक भारतको गुजरात नजिकै अरब सागरमा अवस्थित सामुद्रिक चक्रवातको प्रभावले गर्दा मंगलबार साँझसम्म पश्चिम क्षेत्रमा बादल लागेको र देशका मध्य क्षेत्रमा सामान्यदेखि आंशिक बदली भएको जनाएको छ

अरब सागरमा अवस्थित चक्रवात शक्तिसाली भइसकेको जानकारी दिदै त्यसको प्रभाव नेपालको हिमाली क्षेत्रमा पनि पर्ने र पर्वतारोहीहरुले विशेष सावधानी अपनाउनुपर्ने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्