एसिया कप छनोटमा नेपालको पहिलो जित हासिल

जागरण न्युज
काठमाडौं, १६ भाद्र । एसिया कप छनोट क्रिकेटमा नेपालले पहिलो जित हात पारेकोे छ । यस अघिको दुई खेलमा लगातार पराजित भएको नेपाल आजको खेलमा भने मलेसियालाई १९ रनले हराएर पहिलो जित आफ्नो पोल्टामा पार्न सफल भएको हो ।
खेलमा नेपालले दिएको १८९ रनको लक्ष्य पछ्याएको मलेसियाले निर्धारित ३० ओभरमा ९ विकेट गुमाएर १६९ रन मात्र बनाउन सक्यो ।
बलिङमा नेपालका लागि बसन्त रेग्मीले सर्वाधिक ३ विकेट लिए । बसन्तले ६ ओभरमा ३६ रन खर्चेर ३ विकेट लिए । यस्तै, सोमपाल कामी र सन्दीप लामिछानेले २/२ विकेट लिए भने दीपेन्द्र सिंह ऐरी र सागर पुनले समान १/१ विकेट लिएका हुन ।
प्रतिक्रिया दिनुहोस्