स्वदेशी लघुवित्तलले १०० प्रतिशत हकप्रद जारी गर्न तोक्यो बुकक्लोज मिति

जागरण न्युज
काठमाडौं, भाद्र १४ । स्वदेशी लघुवित्त वित्तीय संस्थाले १०० प्रतिशत हकप्रद जारी गर्नका लागि सेयरधनी किताब बन्द गर्ने मिति (बुकक्लोज) निर्धारण गरेको छ । वित्तीय संस्थाले एक बराबर नयाँ एक अनुपातमा ११ करोड ५० लाख रुपैयाँको ११ लाख ५० हजार कित्ता हकप्रद निष्काशन गर्न लागेको हो ।
कम्पनीको भदौ १३ गते सम्पन्न सञ्चालक समितिको ६१औं बैठकले १०० प्रतिशत हकप्रद निष्काशनका लागि भदौ २५ गते सोमबार सेयरधनी किताब बन्द गर्ने निर्णय गरेको छ । हकप्रद भदौ २५ गतेसम्म सेयरधनी कायम रहेकाले मात्र भर्न पाउनेछन । लघुवित्तको एनआईसी एशिया क्यापिटललाई बिक्री प्रबन्धक तोकेको छ ।
लघुवित्तले शतप्रतिशत हकप्रद जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत चैत ४ गते निवेदन दिएकोमा बोर्डले साउन २४ गते बिहीबार अनुमति पाएको थियो ।
लघुवित्तको हाल कायम चुक्ता पूँजी ११ करोड ५० लाख रहेको छ । १०० प्रतिशत हकप्रद पश्चात कम्पनीको चुक्ता पूँजी २३ करोड रुपैयाँ पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्