माथिल्लो तामाकोशीको आइपीओ भर्ने म्याद फेरि थपियो, कहिले सम्म आवेदन गर्न पाईन्छ ?

जागरण न्युज
काठमाडौं, भाद्र १४ । माथिल्लो तामाकोशी हाइड्रोपावरको सेयर भर्ने समय थप गरेको छ । स्थानीय बासिन्दाको अनुरोधमा हाइड्रोपावरले फेरि एक साता अवधि थप गरी भदौ २२ गतेसम्म म्याद थपेको हो । यसअघि तामाकोशीको आवेदन दिने बिहीबार (भदौ १४ गते) अन्तिम समय भनिएको थियो ।
अब दोलखाका स्थानीय बासिन्दाका लागि माथिल्लो तामाकोशीको आइपीओ भर्ने म्याद एक साता थप गरि भदौ २२ गतेसम्म दोलखाबासीले यो आइपीओ भर्न पाउनेछन । स्थानीयको अझै नागरिकता बनाउने क्रम पनि जारी छ । यसकारण पनि समय थप्न दबाब परेको हो ।
अहिले दोलखाबासीका लागि मात्र यो आइपीओ खुला गरिएको हो । यसअघि काठमाडौंबाट पनि आइपीओ भर्ने सुविधा दिइएको थियो । तर राजधानीबाट भर्ने म्याद भने भदौ १ गते नै सकिएको हो । तामाकोशीले १ अर्ब ५ करोड ९० लाख रुपैयाँ बराबरको १ करोड ५ लाख ९० हजार कित्ता आइपीओ आयोजना प्रभावित स्थानीयलाई खुला गरेको हो । यो आइपीओमा यसभन्दा अघि नै मागभन्दा बढी आवेदन परिसकेको छ । कम्पनीले स्थानीयलाई आइपीओ बेचिसकेपछि सर्वसाधारणमा खुला गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्