सन्दीप लामिछानेको कमालको स्पेल, लिए चार विकेट

काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटछनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । पहिलो खेलमा ओमानविरुद्ध एक विकेट पनि नलिएका सन्दीप लामिछानेले युएईविरुद्ध भने निकै रामभ्रो बलिङ गरेका छन् ।

सन्दीपले ४ विकेट लिएका छन् । उनले १० ओभरमा २ मेडन राख्दै २४ रन खर्चेर ४ विकेट लिएका हुन् ।

युएई ओमानभन्दा सशक्त देखिएको छ ।

पहिलो खेलमा नेपाल ओमानसंग ७ विकेटले पराजित भएको थियो । युएईले सिंगापुरलाई २१५ रनले हराएका थियो ।

नेपालले लिग चरणमा शनिबार आयोजक मलेसिया, आइतबार सिंगापुरविरुद्ध र अन्तिम खेल आगामी मंगलबार हङकङविरुद्ध खेल्नेछ।

बिहिबार सिंगापुरले हङकङसंग र आयोजक मलेसियाले ओमानसंग खेलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्