एसिया कप छनोट: नेपाललाई दोस्रो सफलता, सन्दीपले लिए कप्तान मुस्तफाकाे विकेट
काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको दोस्रो विकेट लिएको छ ।
नेपालले १३।१ ओभरमा युएईका दोस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले युएईका कप्तान रोहन मुस्तफालाई १ रनमा आउट गराउन सफल भए । १४ ओभरको खेल चलिरहदा युएईको २ विकेटको क्षतिमा ७७ रन भएको छ ।
यसअघि नेपालका लागि बसन्त रेग्मीले पहिलो विकेट लिएका थिए । बसन्तले अश्फाक अहमदलाई ४५ रनमा एल्बिडब्लु आउट गराएका थिए ।
अहिले क्रिजमा चिराग सुरी २१ र रमिज शाहजाद ४ रनमा खेलिरहेका छन् ।
मलेसियाको राजधानी क्वालालम्पुरस्थित किनरारा एकेडेमी ओभलमा जारी खेलमा नेपाल जितको खोजिमा रहेको छ । नेपालका लागि यो खेल निकै महत्वपूर्ण रहेको छ । युएईलाई पराजित गर्न सके नेपालको लागि आगामी यात्रा सहज हुनेछ ।
आफ्नो पहिलो खेलमा ओमानसँग ७ विकेटले पराजित भएकोले पनि आजको खेलमा नेपालको लागि जित्नै पर्नै दबाब छ । यता, युएईले भने आफ्नो पहिलो खेलमा सिंगापुरलाई २१५ रनले पराजित गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्