ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

जागरण न्युज
काठमाडौं, भाद्र, १३ । ङादी ग्रुप पावरको १० प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज (भदौ १३ गते) अन्तिम दिन रहेको छ । ङादीले असोज ४ मा हुने साधारण सभाका लागि बिहीबार (भदौ १४ गते) बुक क्लोज गर्दैछ । बुधबारसम्म कायम सेयरधनीले मात्र नगद लाभांश पाउने छन् । असोज ४ मा हुने साधारण सभामा कम्पनीले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट १० प्रतिशत नगद लाभांशको प्रस्ताव लैजाँदैछ ।
कम्पनीको साधारण सभा अमृतभोग क्याटरर्स, कालिकास्थान डिल्लीबजार काठमाडौंमा बिहान ११ः०० बजे सुरु हुनेछ । हाल कायम चुक्ता पुँजीको ३० प्रतिशत हकप्रद निष्कासन गर्ने अर्को विशेष प्रस्ताव समेत पेश गर्दैछ ।
त्यस्तै, आर्थिक वर्ष ७५–७६ का लागि लेखापरीक्षकको नियुक्ति गर्ने र पारिश्रमिक तोक्ने अर्को एजेन्डा पनि हुनेछ । कम्पनीको प्रबन्धपत्र तथा नियमावली बमोजिम सञ्चालकहरुको निर्वाचन गर्ने एजेन्डा पनि छ । हाल यस कम्पनीको सेयर पुँजी ५३ करोड ५५ लाख ५४ हजार ८ सय रुपैयाँ छ भने रिजर्भ कोषमा ५ करोड ९८ लाख ९८ हजार ६५७ रुपैयाँ छ ।
प्रतिक्रिया दिनुहोस्