शिवम् सिमेन्टको आईपीओलाई पत्याएनन् मकवानपुरबासीले

जागरण न्युज
काठमाडौं, भाद्र, १२ । शिवम् सिमेन्टले उद्योग प्रभावित मकवानपुरबासीका लागि बिक्रीमा प्राथमिक शेयरलाई स्थानियले पत्याएनन् । उद्योगले ८ लाख ८० हजार कित्ता बिक्रीमा ल्याएकोमा जम्मा २३ प्रतिशत मात्र बिकेर लज्जास्पद अवस्था देखिएको छ ।
उद्योगले सोमबार अन्तिम दिनसम्मको आवेदनमा ८ लाख ८० हजार कित्ता मध्ये जम्मा दुई लाख कित्ता हाराहारी मात्र बिक्री भएको सिद्धार्थ क्यापिटलले जनाएको छ । क्यापिटलको अनुसार जम्मा ६ करोड रुपैयाँ बराबरको मात्र आबेदन परेको क्यापिटलले जनाएको छ, यो अत्यन्तै थोरै हो । उद्योगको पुरै आईपीओ बिकेको भए उद्योगले २६ करोड ४० लाख रुपैयाँ संकलन गर्ने थियो ।

उद्योगले प्रति कित्ता १०० रुपैयाँ मल्यमा २०० रुपैयाँ प्रिमियम थपेर आइृपीओ बिक्री गर्न खोज्दा शिवमका संचालकहरुले मकवानपुरबासीहरुबाट उद्योगप्रतिको स्वामित्वबोध गराउने अवसरबाट उद्योग नराम्ररी चुकेको छ ।

उद्योगले अहिले मकवानपुरबासीहरुले किन्न अश्वीकार गरेको शेयरलाई सर्बसाधारणमा प्रतिकित्ता ४०० रुपैयाँ बिक्री गर्ने गरी अर्को निष्काशनको क्रममा फेरि बिक्रीमा राख्नेछ ।
उद्योगले १२ प्रतिशत शेयर बेचेर आफ्नो चुक्ता पूँजी ३ अर्ब ८७ करोडको आधा भन्दा बढी रकम अर्थात २ अर्ब २ करोड रकम संकलन गर्ने लक्ष्य राखेको छ, जुनबाट संकलन हुने प्रिमियममा कम्पनीका संस्थापकहरुले लाभ लिनेछन भने कम्पनीमा सर्बसाधारणको कुनै नियन्त्रण हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्