महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई दिने भयो १५ प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं, भाद्र, १२ । महालक्ष्मी विकास बैंकले १५ प्रतिशत लाभांश घोषणा गरेको छ । विकास बैंकले ८ प्रतिशत बोनस सेयर र ७ प्रतिशत नगद लाभांश गरी जम्मा १५ प्रतिशत लाभांश दिने भएको हो । कम्पनीको भाद्र ११ गते बसेको सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०७४–०७५ को नाफाबाट लगानीकर्तालाई १५ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।
विकास बैंकले गत आर्थिक वर्षमा ५६ करोड ११ लाख ३६ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।

प्रतिक्रिया दिनुहोस्