काठमाडौं लगायत देशभरको मौसममा बदली

काठमाडौं । सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौं लगायत देशभरको मौसममा बदली भएको छ। काठमाडौंसहित केही ठाउँमा घाम नलाग्ने, चिसो बढ्ने, बादल लाग्ने भएको छ भने पश्चिमी क्षेत्रमा छिटपुट वर्षा भइरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद समीर श्रेष्ठले जानकारी दिए ।’सामुन्द्रिक चक्रवातको कारण दुई दिनदेखि काठमाडौंसहित केही क्षेत्रको मौसम पूर्ण रुपमा बदली भएको छ। यस्तो मौसम अझै दुई चारदिनसम्म रहनसक्ने उनले बताऐ ।आज बिहान पश्चिम नेपालको केही जिल्लाहरुमा छिटपुट वर्षा पनि भएको छ। अरब सागरमा केही दिनदेखि सक्रिय रहेको ओक्सी चक्रवातको कारण नेपालको मौसममा प्रभाव परेको हो। यो क्रम आउँदो शुक्रबारसम्म रहने सम्भावना रहेको मौसमविद श्रेष्ठ बताएका छन ।

प्रतिक्रिया दिनुहोस्