गृहमन्त्री बादलद्वारा स्केटबोर्ड खेलाडीको बिदाई, हौसला तथा सुभकामना व्यक्त

काठमाडौं, ९ भाद्र । १८ औं एसियाली खेलकुद प्रतियोगिता अन्तरगत इन्डोनेसिया को पालेम्बांगमा अगस्ट २८ देखि सुरुहुने फ्री स्टइल स्केटबोर्ड अन्तर्गत नेपाली खेलाडी नेरिश थापालार्इ गृह मन्त्री राम बहादुर थापा बादलले बिदाई गर्नुभएको छ ।

आज नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघले आयोजना गरेको बिदाई कार्यक्रममा खेलाडी नेरिश थापालार्इ बिदाई गर्नु हुदै मन्त्री थापाले नेपालको लागि नयाँ खेल मानिएको स्केटबोर्ड खेलले नेपालको हालसम्म पदक प्राप्त नगरिरहेको अबस्थालार्इ चिर्दै स्केटबोर्ड खेलबाट पदक ल्याई देशको नाम विश्व सामु चिनाउनका लागि हौसला तथा सुभकामना व्यक्त गर्नु भयो ।

सो अबसरमा मन्त्री थापाले स्केटिङ्ग खेलको बिकास र विस्तारका लागि सरकारले प्रोत्साहन गर्ने प्रतिबद्दत्ता व्यक्त गर्नु भयो । बिदाई कार्यक्रम मा संघका अध्यक्ष अच्युत खनालले खेलाडी थापाले एसियन गेमबाट अप्रत्याशित नतिजा ल्याउने बिश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै बिदाई कार्यक्रम संघ का सल्लाहकार श्री राकेश गुरुङ ले संचालन गर्नु भएको थियो । कार्यक्रममा खेलाडी थापालाई विभिन्न क्षेत्रका बुद्धिजिबी ब्यक्त्तित्तो लगाएतका हरुले बिदाई गर्दै देशका लागि पदक जित्न सुभकामना ब्यक्त गर्नुभएको थियो । नेपाल स्केटिङ्ग तथा स्केटबोर्डिंग संघका पदाधिकारीहरु, सल्लाहकारहरु तथा सदस्यहरुको को उलेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्