निर्मलाका हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन

काठमाडौं, भाद्र ९ । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय निर्मला पन्तलाई न्याय र हत्यारालाई कारबाहीको माग गर्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन भएको छ ।

निर्मला हत्या कारबाहीको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन गरेको हो । मण्डलाबाट सुरु भएको मौन प्रदर्शन जुलुस नयाँ बानेश्वरमा आएर समाप्त भएको थियो । ‘जनताको भेला’ भनि नाम दिइएको प्रदर्शनमा सहभागीहरुले ‘निर्मलाका निम्ति न्याय’ माग गर्दै हत्यारालाई कारवाही गर, गनतन्त्र की गन तन्त्र, हाम्रो आवाजलाई इन्साफ दे, बलत्कारीको हात खुट्टा काटी दे, चुप लागेर बस्दैनौं न्याय मर्न दिंदैनौं लगायतका प्ले कार्ड बोकेर प्रदशैनमा उत्रेको थिए । त्यस्तै देशका अन्य स्थानहरुमा पनि यस्तो पर्दशन भईरहको छ ।

 

प्रतिक्रिया दिनुहोस्