काबेली विकास बैंकको लिलामी सेयरको लागि आवेदन खुल्यो

काठमाडौं । काबेली विकास बैंकले लिलामीमा राखेको १२ हजार ५८७ कित्ता सेयरमा मंगलबारदेखि आवेदन खुलेको छ । बैंकले हकप्रदमा अवितरित साधारण समूहतर्फको सेयर लिलाम गर्न लागेको हो ।

लिलामी सेयरमा विक्री प्रबन्धक र ग्लोबल आईएमई बैंकको शाखा कार्यालयहरु विरागनगर, वीरगञ्ज, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत र धनगढीबाट बोलपत्र आवेदन प्राप्त गर्न र बुझाउन सक्नेछन् । बैंकको सेयर विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

लिलामी सेयरमा आवेदन दिने अन्तिम म्याद मंसिर २९ गते शुक्रबारसम्म तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्