रादी विद्युत कम्पनीले आगामी पुस पहिलो सातादेखि आइपीओ निश्कासन गर्ने

काठमाडौं । रादी विद्युत कम्पनीले आगामी पुस पहिलो सातादेखि आइपीओ निश्कासन गर्ने भएको छ ।

यो कम्पनीले ७ करोड ६४ लाख रुपैयाँ बराबरको १ सय रुपैयाँ अंकित मूल्यका कुल ७ लाख ६४ हजार ५ सय ५० कित्ता आइपीओ निश्कासनका लागि गत कात्तिक ७ गते धितोपत्र बोर्डले अनुमति दिएको थियो ।

कम्पनीले गत बैशाख ५ देखि जेठ ३ गतेसम्म आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आइपीओ निश्कासन गरेको थियो । कम्पनीको आइपीओ निश्कासन तथा बिक्री प्रबन्धकमा नवील इन्भेष्टमेन्ट बैकिङ लिमीटेड रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्