सिभिल बैंकद्वारा बालविकास समाजलाई दुई लाख हस्तान्तरण

काठमाडौं, ०८ भदौ । सिभिल बैंक लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा आज एक कार्यक्रमकाबीच बालविकास समाजलाई रु. दुई लाखको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक सिभिल बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यद्वारा बालविकास समाजका अध्यक्ष सुवास गौतम र कोषाध्यक्ष सुरेन्द्र ढकाललाई संयूक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । उक्त कार्यक्रममा बालविकास समाजका संचालक समिति, सरकारी पदाधिकारीहरु उपस्थितिथियो ।

देशको भविष्य युवा पुस्ताको हातमा रहेको कुरामनन गर्दै बालविकास समाजलाई यो सहयोग गरिएको कुरा बैंकका चिफ बिजिनेस अफिसर सुजित कुमार शाक्यले बताउनु भयो ।

सिभिल बैंकले आफ्नो स्थापनाकालदेखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत पाँच खालमा संचालित ‘समाज कल्याण बाल गृहका तीन अनाथ बालकहरूको कक्षा १० सम्मको सम्पूर्ण खर्च बैंकले विगत ८ वर्षदेखि व्योहोर्दै आइरहेको बैंकले जनाएको छ । यस बालविकास समाजसँग पनि बैंकले विगत २ वर्षदेखि निरन्तर रुपमा सहयोग उपलब्ध गराउँदै आइरहेका छ ।

 

प्रतिक्रिया दिनुहोस्