सिटी एक्सप्रेस र नेपाल क्लियरिङ्ग हाउसबिच अन्तर बैंक भुक्तानी सेवा सम्झौता

भदौ ८ भदौ । सिटी एक्सप्रेस मनी ट्रान्सफर नेपाल क्लियरिङ्ग हाउसबिच अन्तर बैंक बिद्युतिय भुक्तानी गर्ने सम्झौता भएको छ ।

सिटी एक्सप्रेस मनी ट्रान्सफर र नेपाल क्लियरिङ्ग हाउस बिच सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौता अनुसार नेपाल क्लियरिङ्ग हाउसले सिटी एक्सप्रेस मनी ट्रान्सफरलाई अन्तर र्बैक भुक्तानी प्रणाली सेवा प्रदान गर्ने भएको छ । जस अनुसार अब सिटी एक्सप्रेस मनी ट्रान्सफरबाट भुक्तानी हुने रेमिटान्स कारोबारहरु हितग्राहीको बैंक खातामा सिधै जम्मा हुने छ । यस अनुरुप अव बैंक भुक्तानी कार्य हरु धेरै सहज र सरल हुने बिश्वास लिएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल क्लियरिङ्ग हाउसका तर्पmबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधान र सिटि एक्सप्रेस मनी ट्रान्सफरका तर्फबाट प्रबन्ध निर्देशक श्री चन्द्र टण्डन ज्यूले हस्ताक्षर गर्नु भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्