नाडेप लघुवित्तको १०० प्रतिशत हकप्रद आउँदै, सुरु भयो कारोवार

जागरण न्युज
काठमाडौं, भाद्र ०८ । नाडेप लघुवित्त वित्तिय संस्थाले तेश्रो साधारण सभाबाट पारित गरेको शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने भएको छ । कम्पनीले रु.१०० अंकित दरका १६ करोड रुपैयाँ बराबरको शेयर बिक्रीको तयारी गरिरहेको छ ।
लघुवित्तको गत बर्ष भन्दा नाफा ३२.७३ प्रतिशतले घटेको छ । अघिल्लो आ.व.मा सात करोड दुई लाख कमाएको लघुवित्तको खुद नाफा भने आ.व. ०७४.७५ मा ४ करोड ७२ लाखमा खुम्चिएको हो ।
लघुवित्तको ब्याज खर्चमा वृद्धि, साथै कर्मचारी खर्च र सम्भावित खर्चमा भएको बृद्धीले खुद नाफामा ह्रास आएको छ ।
लघुवित्तले गत असारमा ४ करोड ८० लाख रुपैयाँको आईपिओ जारी गरेर १६ करोड रुपैयाँ चुक्ता पूँजी पुर्याएको थियो । लघुवित्तको प्रतिसेयर आम्दानी भने घटेर २९ रुपैयाँ ५५ पैसा भएको छ ।
अघिल्लो बर्ष २३ करोड ५८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको लघुवित्तको जगेडा कोषमा १५ करोड ८३ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिक्रिया दिनुहोस्