नविल बैंकका सिईओ सशिन जोशीको राजीनामा स्वीकृत

काठमाडौं । नविल बैंक संचालक समितिको सोमबारको बैठकले प्रमुख कार्यकारी अधिकृत सशिन जोशीले दिएको राजीनामा स्वीकृत गरेको छ । जोशीको राजीनामा आगामी फागुन ५ गतेदेखि लागू हुने गरी स्वीकृत गरिएको बैंकले जनाएको छ ।
उनी एनआइसी एसिया बैंकमा प्रमुख कार्यकारी अधिकृतबाट राजीनामा दिएर नबिल गएका थिए । उनले २०७२ असार १३ गतेबाट नविल बैंकको नेतृत्व सम्हालेका थिए ।

सन् १९८६ मा नबिल बैङ्कबाट बैङ्किङ करियर शुरु गरेका जोशीले सन् १९९० को दशकमा ‘एएनजेड ग्रिण्डलेज बैङ्क कोलकातामा पनि काम गरेका थिए । जोशीसँग बैकिङ क्षेत्रमा ३२ बर्ष काम गरेको लामो अनुभव छ ।

प्रतिक्रिया दिनुहोस्