निर्मला पन्त हत्या प्रकरण: कञ्चनपुरमा कर्फ्यु, गोली प्रहारबाट ४ जना घाइते

काठमाडौं, भाद्र ७ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनाको छानबिनप्रति असन्तुष्टि जनाउँदै चर्किएको आन्दोलन पछि कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको घटनामा प्रहरी अनुसन्धानमाथि प्रश्न उठाउँदै सुरु भएको आन्दोलन उग्र बनेपछि कर्फ्यु आदेश जारी गरिएको छ ।

आन्दोलनले उग्र रुप लिएपछि बिहीबार दिउँसोबाट अनिश्चित कालका लागि कर्फ्यु आदेश जारी गरिएको हो ।
यसअघिस्थितिलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो । जसमा ४ जना घाइते भएका छन् ।

बिहीबार जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरको टोलीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको हो ।

प्रहरीको गोली लागेर ४ जना घाइते भएको जनाइएको छ । घाइते हुनेमा कञ्चनपुरको सुडाका तिर्थराज पनेरु, भिमदत्तनगरपालिकाका अर्जुन भण्डारी, कैलालीका सन्तोष कठरीया र कञ्चनपुरको भासिका तेज भटट् छन्।

घाइते ४ जना मध्ये भट्टको अवस्था गम्भीर रहेको बताइएको छ । पन्तको बलात्कारमा संलग्न भएको भन्दै प्रहरीले दिलिपसिंह विष्टलाई सार्वजनिक गरेको थियो । तर, स्थानीयले उनी मानसिक रोगी भएको र वास्तविक हत्याराको बचाउमा प्रहरीले गलत व्यक्तिलाई सार्वजनिक गरेको भन्दै आन्दोलन जारी राखेका छन् ।

स्थानीयले प्रहरी प्रशासनविरुद्ध नाराबाजी गर्दै पूर्वपश्चिम राजमार्गमको सडकमा ढुंगा थुपार्दै टायर बालेर सवारी आवगमन समेत ठप्प पारेका छन् ।

प्रतिक्रिया दिनुहोस्