नेपाल पुनर्बीमा कम्पनीले १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्दै
जागरण न्युज
काठमाडौं, भदौ ७ । नेपाल पुनर्बीमा कम्पनीले १ करोड ६० लाख कित्ता साधारण शेयर (आईपीओ) सर्वसाधारण्का लागि निष्काशन गर्ने भएको छ । कम्पनीले प्रतिशेयर रु.१०० अंकित दरका १ करोड ६० लाख कित्ता आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले आईपीओ जारी गर्नका लागि धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ ।
शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा नेपाल पुनर्बीमा कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारी र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा.रमेशकुमार भण्डारीले हस्ताक्षर गरेका छन् ।
सार्वजनिक तथा निजी साझेदारी नीतिअन्तर्गत सरकारको समेत स्वामित्व रहेको नेपाल पुनर्र्बीमा कम्पनी लिमिटेड कम्पनी ऐन, २०६३ अन्तर्गत २०७१ कात्र्तिक २१ गते पब्लिक लिमिटेड कम्पनीको रुपमा कम्पनी रजिष्ट्रार कार्यालयमा दर्ता भई २०७१ पुस ४ गते बीमा समितिबाट पुनर्बीमाको इजाजतपत्र प्राप्त गरेको हो । कम्पनीले २०७२ साउनदेखि पुनर्बीमाको कारोबारको शुुरु गरेको हो ।
कम्पनीले स्वदेशका जीवन तथा निर्जीवन बीमा कम्पनी र विदेशी बीमा तथा पुनर्बीमा कम्पनीसँग कारोबार गरी आव २०७४/७५ मा ४ अर्ब पुनर्र्बीमा शुल्क संकलन तथा ९ अर्ब ४० करोड लगानी गरेको छ ।
कम्पनीको हालको चुक्ता पँुजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्काशन पश्चात कम्पनीकोे चुक्ता पुँजी १० अर्ब रुपैयाँ हुनेछ ।
प्रतिक्रिया दिनुहोस्