नयाँ संघिय संसदको बैठक बानेश्वरमा, प्रदेशसभाबारे अन्यौल कायमै
काठमाडौं। नयाँ संघिय संसदको बैठक व्यवस्थापिका संसदको बैठक बसेको यस अघिकै भवन नयाँ बानेश्वरमा बस्ने भएको छ ।यस अघि २०६४ र २०७० को संविधानसभा बैठक बसिसकेको भवन नयाँ बानेश्वरमा नै प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बसाउने गरि संसद सचिवालयले तयारी गरिरहेको हो । यसअघि व्यवस्थापिका संसद बैठक बसेको हलमा प्रतिनिधिसभा बैठक र ल्होत्से हलमा राष्ट्रिय सभा बैठक बस्ने गरि तयारी भईरहेको संसद सचिवालयका प्रवक्ता डाक्टर भरत गौतमले जानकारी दिए ।पहिलो र दोस्रो चरणको निर्वाचनको मतपरिणाम सार्वजनिक हुने समयसम्म बैठक बस्नको लागि सम्पूर्ण तयारी भईसक्ने पनि सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्