सेनाको कल्याणकारी कोषमा झण्डै ४१ अर्ब ३० करोड

काठमाडौँ । सैनिक कल्याणकारी कोषको यथार्थ मौज्दात रु ४१ अर्ब २९ करोड ८२ लाख ४६ पुगेको छ ।

कोषद्वारा सैनिक मुख्यालयमा बुधबार पत्रकार सम्मेलन गरेर कूल मौज्दातमध्ये पाँच अर्ब ५२ करोड ५७ लाख ८७ हजार विभिन्न आयोजनामा लगानीमा रहेको जानकारी दिइएको हो ।

नेपाली सेना संयुक्त राष्ट्रको आह्वानमा शान्ति सेनामा सहभागी भएवापत प्राप्त करिब एक करोड २४ लाख एक हजारबाट २०३२ सालमा स्थापना भएको कोषमा अहिले नगद मौज्दात ३५ अर्ब ७७ करोड २४ लाख ५९ हजार रहेको छ ।

प्रतिक्रिया दिनुहोस्