एनएमबि बैंकको १ करोड १४ लाख १५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकरण

जागरण न्युज
काठमाडौं । एनएमबि बैंकको १ करोड १४ लाख १५ हजार कित्ता एफपीओ नेप्सेमा सूचीकरण भएको छ । गत असार ३२ गते एफपीओ बाँडफाँट गरिएको थियो । नेप्सेमा सूचीकरण भएको १ सातापछि कारोबार गर्न मिल्ने छ ।
एफपीओमा कुल ६९ हजार ६४६ जना लगानीकर्ताले आवेदन दिएकोमा २० जनाको आवेदन रद्द भएको थियो । बैंकले गत जेठ ३० गते देखि असार २८ गतेसम्म १ करोड १४ लाख १५ हजार १६३ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । जसमा पहिलो चरणमा असार ३ गतेसम्म आवेदन दिने व्यवस्था रहेको थियो ।
तर त्यस अवधिमा न्यून आवेदन परेपछि असार ४ गतेदेखि संस्थागत लगानीकर्ताले समेत भर्न पाउने गरी समय बढाइएको थियो । बैंकले एफपीओ भर्नेले समेत १५ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको थियो ।
एफपीओमा लागानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख ८५ हजार ७२७ कित्तासम्म सेयर हात पारेका थिए ।
बैंकले संस्थापक र सर्वसाधारण सेयरधनीको सेयर स्वामित्व ५१ः४९ अनुपातमा ल्याउन एफपीओ निष्कासन गरेको थियो । बैंकको चुक्ता पुँजी ७ अर्ब ६० करोड ३२ लाख ९१ हजार रुपैयाँ रहेकोछ । एफपीओ बिक्रीपछि चुक्ता पुँजी ७ अर्ब नाघेको हो । १५ प्रतिशत बोनसपछि चुक्ता पुँजी ८ अर्ब ७४ करोड ३७ लाख ८४ हजार २२९ रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्