सिभिल बैंकको सबै शाखाहरु मार्फत अनलाईन फि पेमेन्ट गर्न सकिने

जागरण न्युज
काठमाडौं । नेपालका विभिन्न स्थानहरुबाट वर्षेनी हजारौं विद्यार्थीहरु विदेशमा अध्ययन गर्न जाने गरेका छन् । तर ती विद्यार्थीहरुले विदेशमा बुझाउनु पर्ने शुल्कहरु भुक्तानी गर्न सहज नभएको परिप्रेक्ष्यमा अब सिभिल बैंकको कुनै पनि शाखामा गई अनलाईन फि पेमेन्ट गर्न सक्ने छन् ।
विदेशको उच्च शिक्षा हासिल गर्न दिनुपर्ने अनिवार्य परिक्षाहरु SAT, GRE, GMAT, ACT, USMLE को रेजिस्ट्रेसन शुल्क र नेपालमै बसी अध्ययन गर्न सकिने अन्तराष्ट्रिय कोर्स ACCA लगायत अन्य अनलाईन कोर्सहरुकोे रेजिष्ट्रेसन तथा फि पनि अब विद्यार्थीहरु ले सहजै रुपमा सिभिल बैंकका शाखाहरुबाट भुक्तानी गर्न सक्नेछन् ।

देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादनको लागि अपरिहार्य उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीहरुले अब सिभिल बैंकको ६८ वटा मध्ये ग्राहकहरुलाई पायक पर्ने कुनै पनि शाखा मार्फत बिना झन्झट भुक्तानी गर्न सक्ने कुरा बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले बताए ।

प्रतिक्रिया दिनुहोस्