लुम्बिनीको संस्थापक सेयरको लिलामी खुल्यो, सर्वसाधारणले पनि आवेदन दिन पाउने
जागरण न्युज
काठमाडौं । लुम्बिनी विकास बैंकले आज (भदौ ६ गते) देखि ३ लाख ६२ हजार ४३६.४४ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकको यो दोस्रो लिलामी हो, यसअघि पनि बैंकले संस्थापक सेयर लिलामी ल्याएको थियो । पहिलो पटक नबिकेपछि दोस्रो पटक लिलाममा ल्याएको हो । बैंकले गत माघमा १० प्रतिशत हकप्रद निष्कासन गर्दा बिक्री नभएको सेयर लिलामी प्रक्रियामा लगेको हो ।
अबको लिलामीमा भने सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन । यो लिलामी भाद्र २२ गतेसम्म भर्न पाइनेछ ।
बिक्री प्रबन्धक भिबोर क्यापिटल ट्रेड टावर थापाथली, काठमाडौंबाट बोलपत्र फारम लिन र बुझाउन सकिनेछ । लगानीकर्ताले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । लिलामीको बोलपत्र भाद्र २६ गते बिक्री प्रबन्धकको कार्यालयमा खोलिनेछ ।
बैंकको हालकोे चुक्ता पुँजी २ अर्ब १७ करोड ३२ लाख ८३ हजार रुपैयाँ छ ।
प्रकाशित मितिः ०६ भाद्र २०७५
प्रतिक्रिया दिनुहोस्