नागबेली लघुवित्तको १०० प्रतिशत हकप्रद भर्ने समय अब २ दिनमात्र बाँकी
जागरण न्युज
काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद सेयर भर्न अब जम्मा बुधबार सहित २ दिन मात्र समय बाँकी रहेको छ । लघुवित्तले गत साउन ४ गतेदेखि सत प्रतिशत हकप्रद बिक्री गरिरहेको छ । १: १ अनुपातमा ७ लाख ६६ हजार ४६३.१५ कित्ता सेयर बिक्रीमा ल्याइएको हो । १०० रुपैयाँ अंकित मूल्यको यो हकप्रद भाद्र ७ गतेसम्म भर्न सकिनेछ । हकप्रदमा असार २० गतेसम्म कायम रहेका सेयरधनीले मात्र आवेदन दिन पाउनेछन ।
हकप्रदमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड, नागपोखरी काठमाडौं तथा एनएमबि बैंकका अधिकांश शाखाबाट आवेदन दिन सकिनेछ भने एनएमबि क्यापिटलबाट चेक मार्फत मात्र भुक्तानी गर्न सकिनेछ ।
प्रतिक्रिया दिनुहोस्