ग्रामिण विकास लघुवित्तले ५० प्रतिशत हकप्रद प्रस्ताव गर्न डाक्यो विशेष साधारणसभा
जागरण न्युज
काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्थाले ५० प्रतिशत हकप्रदको प्रस्ताव प्रस्तुत गर्न असोज ५ गते विशेष साधारणसभा डाकेको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले भदौ १८ देखि असोज ६ गतेसम्म बुक क्लोज गर्ने जनाएको छ ।
कम्पनीको साउन २९ गते बसेको सञ्चालक समितिको बैठकले पूँजी बृद्धि गन उक्त साधारणसभा डाकेको हो । वित्तीय संस्थाको हालको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
हकप्रद निष्काशनपछि वित्तीय संस्थाको चुक्ता पूँजी ९८ करोड रुपैयाँ २५ लाख रुपैयाँ पुग्नेछ । संस्थाले एक कित्ताभन्दा कम फ्र्याक्सनमा रहेका शेयरलाई पनि पुरा एक कित्ता मान्ने छ । साथै फ्र्याक्सनमा रहेकालाई एक कित्ता बराबरकै हकप्रद भर्न पाउने व्यवस्था समेत गर्ने प्रस्ताव अगाडि सारेको बढाइएको छ ।
यसको लागि संस्थाले आफ्नो प्रवन्ध पत्र तथा नियमावली परिवर्तन गरि जारी पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुर्याउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्