प्रोग्रेशिभ फाइनान्सको २८१ प्रतिशत हकप्रद शेयर आजबाट बिक्री खुला

जागरण न्युज
काठमाडौं । प्रोग्रेशिभ फाइनान्सले मंगलबार (भदौ ५ गते) देखि २८१ प्रतिशत हकप्रद शेयरको बिक्री खुला गरेको छ । साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरुले मात्र फाइनान्सको हकप्रद शेयरमा आवेदन गर्न पाउनेछन् ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन २३ गते बुक क्लोज गरेको थियो । हकप्रदमा लगानीकर्ताहरुले असोज ८ गतेसम्म आवेदन दिन सक्ने छन । फाइनान्सको हकप्रद शेयरको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
फाइनान्सले एक बराबर २.८१ कित्ताको अनुपातमा ५९ करोड एक लाख रुपैयाँ बराबरको ५९ लाख एक हजार कित्ता हकप्रद निष्काशन गरेको छ । राष्ट्र बैंकको निर्देशन अनुसार ८० करोड चुक्ता पूँजी कायम गर्नुपर्ने भएपछि फाइनान्सले यो हकप्रद बिक्री गर्न लागेको हो ।
हकप्रदमा धितोपत्र बोर्डबाट आश्वा अनुमति पाएका सम्पूर्ण बैंक तथा वित्तीय संस्थाको साथै बिक्री प्रबन्धक सनराइज क्यापिटल, प्रोगेशिभका सम्पूर्ण शाखा कार्यालय र सनराइज बैंकका विभिन्न शाखा कार्यालयहरुबाट आवेदन गर्न सकिने छ ।
फाइनान्सको हालको चुक्ता पूँजी २१ करोड रुपैयाँ रहेको छ । हकप्रद जारी पछि चुक्ता पूँजी ८० करोड रुपैयाँ पुग्ने छ ।

प्रतिक्रिया दिनुहोस्