नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको ५० प्रतिशत हकप्रद बिक्रि खुला

जगरण न्युज
काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसिसि) बैंकले आज सोमबार (भदौ ४ गते) देखि ५० प्रतिशत हकप्रद बिक्रि खुला गरेको छ । एनसिसि बैंकले १ कित्ता बराबर नयाँ ०.५ कित्ता अर्थात ५० प्रतिशतका दरले २ अर्ब ३३ करोड ९५ लाख रुपैयाँ बराबरको २ करोड ३३ लाख ९५ हजार २९१ कित्ता हकप्रद बिक्रि खुला गरेको हो । बैंकको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा सनराइज क्यापिटल रहेको छ ।
हकप्रदमा साउन १४ गतेसम्म कायम रहेका शेयरधनीले मात्र शेयरका लागि आवेदन दिन पाउनेछन् । हकप्रदमा असोज ७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन बिक्री प्रबन्धक सनराइज क्यापिटल कमलपोखरी तथा एनसीसी बैंकको सम्पूर्ण शाखाहरुबाट आवेदन दिन सकिनेछ । साथै सी–आस्वामा सहभागी सबै बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न सकिन्छ ।
पछिल्लो दुई बर्षदेखि साधारणसभा गर्न नसकेको बैंकले चुक्ता पूँजी ८ अर्ब पुर्याउन हकप्रद निष्काशन निष्काशन गर्न लागेको हो । हकप्रद पश्चात बैंकको चुक्ता पूँजी ७ अर्ब १ करोड पुग्नेछ । बाँकी करिब १ अर्ब बोनस सेयर वितरण वा अन्य बैंक गाभ्ने बिकल्प रोज्न सक्नेछ ।

प्रतिक्रिया दिनुहोस्