हिमाली जिल्लामा हिमपातको सम्भावना

काठमाडौं । केहिदिन यता चिसो बढ्दै जना चालेको छ । मंगलबार बिहान काठमाडौं उपत्यकासहित मध्य र पश्चिम नेपालमा बिहानमा बदली भएको छ ।पश्चिम र मध्य क्षेत्रका हिमाली जिल्लाहरुमा हिमपात हुने पूर्वानुमान गरिएको छ । साथै पश्चिम नेपालमा छिटपुट वर्षाको सम्भावना पनि छ ।

मौसमविद सुवास रिमालका अनुसार ‘पूर्व, पश्चिम र मध्य क्षेत्रका एक(दुईवटा हिमाली क्षेत्रहरुमा मध्यमखालको हिमपातको चान्स रहेको छ ।’

उहाका अनुसार अरब सागरमा चार(पाँच दिनदेखि सक्रिय ओक्सी चक्रवातको कारण नेपालको मौसममा प्रभाव परेको हो ।

अन्य क्षेत्रको तुलनामा पश्चिम क्षेत्रमा दिउँसो घाम लाग्ने भएकाले जाडो बढ्ने सम्भावना रहेको रिमालले बताए ।

काठमाडौं उपत्यकामा भने हिजोको तुलनामा आज तापक्रम बढेको छ । हिजो बिहान साढे ६ बजे तापक्रम मापन गर्दा हालसम्मकै कम ५।८ थियो । सोही समयमा आज भने ६।२ डिग्री सेल्सियस मापन गरिएको छ । काठमाडौं उपत्यकामा बिहान बादल लागेको छ । बादल लागेपछि तापक्रम केही बढ्दछ ।

प्रतिक्रिया दिनुहोस्