नेशनल लाईफ इन्स्योरेन्सको हकप्रद भर्ने म्याद १५ दिन थपियो
जागरण न्युज
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले श्रावण १ गते देखि बिक्रीमा ल्याएको हकप्रद शेयरमा आवेदन दिने म्याद १५ दिन थप गरी भदौ १९ गतेसम्म पुर्याइएको छ । इन्स्योरेन्सले यसअघि भदौ ४ गतेसम्म आवेदन दिने व्यवस्था गरिएकोमा त्यसलाई बढाएर भदौ १९ गतेसम्म पुर्याइएको हो ।
इन्स्योरेन्सले चुक्ता पूँजीको ६० प्रतिशत हुन आउने ९९ करोड ३६ लाख ४७ हजार ७०० रुपैयाँ बराबरको ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद शेयर बिक्रीमा ल्याएको हो ।
हकप्रद निष्काशनका लागि इन्स्योरेन्सले असार २२ गते सेयरधनी किताब बन्द (बुकक्लोज) गरेको थियो । हकप्रदमा असार २१ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन गर्न पाउनेछन ।
इन्स्योरेन्सको हालको चुक्ता पूँजी एक अर्ब ६५ करोड ६० लाख रुपैयाँ रहेको छ हकप्रद पश्चात इन्स्योरेन्सको चुक्ता पूँजी दुई अर्ब ६४ करोड ९७ लाख रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।
प्रतिक्रिया दिनुहोस्