मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाले दिने भयो २६.३२ प्रतिशत लाभांश

जागरण न्युज
काठमाडौं । मेरो माइक्रोफाइनान्स वित्तीय संस्थाको साउन २९ गते बसेको संचालक समितिको बैठकले गत बर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई २६.३२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । माइक्रोफाइनान्सले आफ्ना शेयरधनीहरुलाई अघिल्लो बर्षको तुलनामा १५.७८ प्रतिशत कम लाभांश प्रस्ताव गरेको हो ।
माइक्रोफाइनान्सले गत बर्षको मुनाफाबाट शेयरधनीहरुलाई १५ प्रतिशत बोनस सेयर र ११.३२ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो ।
राष्ट्र बैंकबाट स्वीकृतीपछि कम्पनीले प्रस्ताव गरेको लाभांश कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीलाई वितरण हुनेछ ।
अघिल्लो बर्ष कम्पनीले ३० प्रतिशत बोनस र १२.१० प्रतिशत नगद लाभांश गरी कुल ४२.१० प्रतिशत लाभांश वितरण गरेको थियो भने यो बर्ष घटाएर २६.३२ प्रतिशत मात्र प्रस्ताव गरेको हो ।
हाल माइक्रोफाइनान्सको चुक्ता पुँजी २८ करोड ६० लाख रुपैयाँ छ । बोनसपछि कम्पनीको चुक्ता पूँजी ३२ करोड ८९ लाख पुग्ग्नेछ ।

प्रतिक्रिया दिनुहोस्