शिखर इन्स्योरेन्सले त्योक्यो बुक क्लोजको मिति, साधारणसभा कहाँ र कहिले ?

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले बार्षिक साधारणसभा प्रयोजनका लागि मङ्सिर २२ देखि पुष ७ सम्म शेयरधनि दर्ता पुस्तिका बन्द गर्ने भएको छ । इन्स्योरेन्सले आगामी पुष ७ गते साधारणसभा गर्ने निर्णय गरेको छ ।

मङ्सिर २१ सम्म कायम शेयरधनीहरुले मात्र इन्स्योरेन्सको साधारणसभामा भाग लिन र गत आर्थिक बर्षबाट घोषणा गरेको बोनस शेयर पाउनेछन । साधारणसभा इन्स्योरेन्सको केन्द्रीय कार्यालयमै आयोजना हुँदैछ।

इन्स्योरेन्सले गत आर्थिक बर्षको मुनाफाबाट २९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजादैछ।

बोनस शेयर वितरण पश्चात इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब ५ करोड पुग्नेछ । हाल इन्स्योरेन्सको चुक्ता पुँजी ८१ करोड ७६ लाख छ।

प्रतिक्रिया दिनुहोस्