मिर्मिरे लघुवित्तको १०० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन

जागरण न्युज
काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको १०० प्रतिशत हकप्रद शेयरमा आवेदन दिने मंगलबार (श्रावण २९ गते) अन्तिम दिन रहेको छ । वित्तीय संस्थाले असार २७ गतेदेखि १०० रुपैयाँ अंकित मूल्यमा १ : १ अनुपातमा ४ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो । हकप्रदमा जेठ १७ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।

आवेदन बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल लाजिम्पाट तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट पनि दिन सकिनेछ । साथै, मिर्मिरेको बनेपासहित अन्य शाखा तथा नेपाल इन्भेष्टमेन्ट बैंकको विराटनगर, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ, बुटवल एवं धनगढी शाखाबाट समेत तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्ने सकिने छ ।

वित्तीय संस्थाको हाल चुक्ता पुँजी ४ करोड ५० लाख रुपैयाँ रहेको छ । हकप्रद पछि वित्तीय संस्थाको चुक्ता पुँजी ९ करोड रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्