समता माइक्रोफाइनान्सको ५० प्रतिशत हकप्रद भर्ने मंगलबार अन्तिम दिन

जागरण न्युज
काठमाडौं । समता माइक्रोफाइनान्स वित्तीय संस्थाको हकप्रद सेयर भर्ने मंगलबार (श्रावण २८ गते) अन्तिम दिन रहेको छ । वित्तीय संस्थाले गत असार २७ गतेदेखि २ः१ अनुपातमा १ लाख ८९ हजार ६०० कित्ता सेयर बिक्री खुला गरिरहेको छ । १०० रुपैयाँ अंकित मूल्य अंकित हकप्रद शेयर असार ११ गतेसम्म कायम सेयरधनीले मात्र आवेदन दिन सक्नेछन ।
शेयरधनीहरुले आवेदन बिक्री प्रबन्धक एनआइबिएल एस क्यापिटल लाजिम्पाट काठमाडौं तथा शाखा कार्यालयहरु लालदरबार काठमाडौं, लगनखेल ललितपुर, पोखरा, बुटवल, वीरगञ्ज र विराटनगरबाट दिन सक्नेछन । त्यस्तै, वित्तीय संस्थाको जीतपुर सिमरा लगायत शाखा तथा धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट पनि हकप्रद भर्न मिल्नेछ ।
हाल वित्तीय संस्थाको चुक्ता पुँजी ३ करोड ७९ लाख २० हजार रुपैयाँ रहेको छ । हकप्रद बिक्रीपछि चुक्ता पुँजी ५ करोड ६८ लाख ८० हजार रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्