नयाँ नेपाल लघुवित्तको साउन २७ गतेदेखि हकप्रद बिक्रि खुला

जागरण न्युज
काठमाडौं । नयाँ नेपाल लघुवित्तकोे आज साउन २७ गतेदेखि २ सय ५० प्रतिशत हकप्रद बिक्रि खुला भएको छ । लघुवित्तले १ः२.५ को अनुपातमा प्रतिकित्ता एक सय रुपैयाँ अंकित दरले ६ लाख कित्ता हकप्रद शेयर बिक्री खुला गरेको हो । कम्पनीको बिक्रि प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।
हकप्रद निष्काशनको प्रयोजनार्थ कम्पनीले श्रावण ७ गते एक दिनको लागि सेयर धनी दर्ता किताब बन्द गरेको थियो । हकप्रदमा साउन ६ गतेसम्म कायम शेयरधनीले मात्र आवेदन गर्न पाउने छन । हकप्रदमा लगानीकर्ताले भदौ ३१ गतेसम्म आवेदन गर्न सक्ने छन ।
हाल कम्पनीको चुक्ता पूँजी २ करोड ४० लाख रुपैयाँ रहेको छ । हकप्रद निष्काशन पश्चात लघुवित्तको चुक्ता पूँजी ८ करोड ४० लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया दिनुहोस्