प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्जमा सोमबार प्रुडेन्सियल इन्स्योरेन्सको सेयरमूल्य समायोजन गरेको हो ।
इन्स्योरेन्सले जारी गर्न लागेको ३० प्रतिशत हकप्रदलाई समायोजन गरि नयाँ मूल्य निर्धारण गरिएको हो ।

इन्स्योरेन्सको समायोजित सेयरमूलय ९६८ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ । जसको १८० दिनको सेयर कारोबारको आधारमा औसत आधारमूल्य ९६५ कायम भएको छ ।

मंसिर १५ गते बुकक्लोज गरेकाले इन्स्योरेन्सको हकप्रद मंसिर १४ गतेसम्म कायम सेयरधनीले मात्र भर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्