सुशीलालाई लोकमानको १० करोड ‘गोडधुवा’

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीले सर्बोच्च अदालतमा आफूविरुद्धको मुद्दा जिताइदिन तत्कालिन प्रधानन्याधीश सुशीला कार्कीलाई १० करोड रुपैंयाँ ‘गोडधुवा’ दिन खोजेको खुलाशा भएको छ ।

पूर्वप्रधानन्याधीश सुशीलाका पति दुर्गा सुवेदीको शुक्रबार प्रकाशित पुस्तक ‘बिमान विद्रोह’ मार्फत लोकमानले घुसको प्रलोभन दिएको खुलेको हो ।

‘टोलीमा आएको एकजनाले मलाई सुनायो–चाँदीको खड्कुलोमा राखेर गोड धुने रे ! अर्कोले मलाई छेउमै बोलाएर भन्यो–बाहिर गेटमा रोकिएको गाडीमा १० करोड गोडधुवा छ’, सुबेदीको पुस्तकमा उल्लेख छ,‘लोकमान भन्ने मान्छे कति खतरनाक र खुराफाती रहेछ भन्ने मलाई थाहा भयो ।’

पुस्तकको यो प्रसंगले ठूला मुद्दामा प्रधानन्याधीश र न्यायाधीसलाई प्रभावमा पार्न दिइने प्रलोभन र दबाब उजागर गरेको छ ।

प्रधानन्यायाधीश निवासमा बस्दा सबभन्दा ठूलो सकसचाहिं लोकमानको मुद्दा आएपछि भएको सुवेदीले लेखेका छन् । –नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्