प्रधानमन्त्री बसेको होटल नजिकै प्रेशर कुकर बम, सेनाको टोलीद्वारा निष्कृय

कैलालीको धनगढीमा प्रधानमन्त्री शेरबहादुर देउवा बसेको होटल नजिकै फेला परेको शंकास्पद बस्तु प्रेशर कुकर बम रहेको पुष्टि भएको छ ।
सेनाले उक्त बमलाई निष्कृय पारेको छ । धनगढी उपमहानगरपालिका–५ तारानागरमा पुल नजिकै बम फेला परेको हो ।
घर बनाउन बोरामा राखिएको बालुवामा प्रेसर कुकर बम फेला परेको थियो । बमलाई तेघरीस्थित सेनाको टोलीले निष्कृय पारेको छ ।
निर्माणाधीन घर छेउ बोरामा राखेको बालुवामा शंकास्पद बस्तु फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । चुनावको लागि विगत ३ दिनदेखि प्रधानमन्त्री देउवा धनगढीमा छन् ।
सर्लाहीको कर्मैयामा पनि सोमबार बिहान प्रेसर कुकर बम विष्फोट भएको छ । कर्मैयाको पुतली चौकबाट करिव ५ किलोमिटर दक्षिण गोडारी खोला नजिक बाटो छेउमा बम विष्फोट भएको हो ।
बिहान ७ बजेतिर ठुलो आवाजमा बम विष्फोट हुनेबित्तिकै प्रहरी टोली घटनास्थलमा पुगेको थियो । बम राख्ने व्यक्तिको खोजी भइरहेको सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्